हाल सामाजिक सञ्जालमा एक तस्बिरले निकै चर्चा पाइरहेकाे छ।
उक्त तस्बिर पाकिस्तानी अभिनेत्री सादिया खानकाे जन्मदिनकाे हाे। उक्त तस्बिरकै कारण अभिनेत्री पनि हाल निकै चर्चामा छिन्। र यसको कारण पनि निकै विशेष छ।
नयाँ वर्षको अवसरमा सादिया खानले आफ्नो जन्मदिन दुबईमा साथीहरूसँग मनाएकी थिइन्। र जसमा शाहरूख पुत्र आर्यन पनि सामेल थिए। उक्त अवसरमा लिएका फोटोमा आर्यन र सादिया एकसाथ पोज दिइरहेका थिए।
जब आर्यन र सादियाको उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो, त्यसपछि सादिया खान चर्चामा छिन्।
सादिया खान पाकिस्तानी चलचित्रकी चर्चित अभिनेत्री हुन्। सादिया धेरै टिभी सिरियलमा देखा परेकी छिन्। सादियाले काम गरेका सिरियलहरू मध्ये खुदा और मोहब्बतमा, शायद, यारियां, मरियम पेरियाराले लोकप्रियता हासिल गरिसकेकी छिन्।
सादिया खान रियल लाइफमा माेडल र स्टनिङबाज हुन्।