तपाईंले भनेकै ठाउँमा 'डब्लुएल' ले ल्याइदिन्छ ३ सय वटा होटल-रेस्टुरेन्टका परिकार

सेतोपाटी

निर्मला घिमिरे
File Photo
File Photo

कोरोना भाइरसले हरेक क्षेत्रमा आतंक सिर्जना गर्‍यो। सँगै व्यवसायमा नयाँ अवसर र सम्भावनाका ढोका पनि खोल्यो।

त्यस्तै अवसरमध्ये एक हो होटल-रेस्टुरेन्टमा पाकेका परिकार घर–कार्यालयसम्म पुर्‍याइदिने। कोरोनाअघिसम्म यो काम गर्ने कम्पनी निकै कम थिए। ग्राहकहरू पनि सकेसम्म होटल-रेस्टुरेन्टमै धाएर खान रूचाउँथे।

कोरोनाले यो दृश्य फेरिदिएको छ। ग्राहकको मागअनुसारको होटल-रेस्टुरेन्टबाट खानेकुरा लिएर भनेकै ठाउँमा पुर्‍याइदिने व्यवसाय अचेल निकै फस्टाएको छ। दिनमा मात्र होइन, रातमा पनि यस्ता कम्पनीले सेवा दिन थालेका छन्।

प्रकाशित मिति: : 2023-01-16 09:27:00

प्रतिकृया दिनुहोस्