इमरजेन्सीका लागि कंगनाले धितोमा राखिन् सम्पत्ति

File photo
File photo

बलिउड अभिनेत्री कंगना रनावतले हालै फिल्म ‘इमरजेन्सी’को सेटका केही तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरिन्।

उनले तस्बिरसँगै फिल्मसँग जोडिएको निजी कुरालाई पनि खुलाएकी छन्। कंगनाका अनुसार उनले फिल्मका लागि आफ्नो सबै सम्पत्ति धितो राखेकी छन्। उनले फिल्मको फस्ट सेड्युलमै आफूलाई डेंगु भएको समेत खुलाएकी छन्।

कंगनाले तीन तस्बिर सेयर गरेकी छन्। जसमा उनी फिल्ममा आफ्नो चरित्र अनुसारको कष्ट्युम लगाएकी छन् र माइक्रोफोनमा कुराकानी गरिरहेको देखिएकी छन्।

‘यो फिल्मको सुटिङ रोकियो। त्यसकारण मैले सबै सम्पत्ति धितो राखेको छु। यो फिल्मको फस्ट सुटिङ सेड्युलमा मलाई डेंगु पनि भएको थियो’, उनले लेखेकी छन्।

कंगनाले यो फिल्मको घोषणा सन् २०२१ मा गरेकी थिइन्। फिल्ममा रितेश शाहको लेखन छ भने निर्देशक कंगनाकै छ। फिल्ममा कंगनाका अलावा अनुपम खेर, मिलिन्द सुमन, महिमा चौधरी, सतीश कौशिक र श्रेयश तलपडेको पनि अभिनय छ।

प्रकाशित मिति: : 2023-01-21 15:51:00

प्रतिकृया दिनुहोस्