टिचिङमा विद्यार्थी र प्रहरीबीच झडप (तस्बिरहरू)

काठमाडौंको महाराजगंजस्थित त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ।

मंगलबार विद्यार्थीले आईओएमको विकृति सुधारको माग गर्दै डीन कार्यालयमा ताला लगाएक थिए। तर प्रहरीले ताला ताेडेपछि भने झडप भएकाे हाे। 

झडपमा चिकित्सा शास्त्र प्रथम वर्षमा अध्ययानरत आशिष राैनियार, तेस्राे वर्षका अनिस चाैधरी घाइते भएका छन्। भने प्रहरीले केही विद्यार्थीहरूलाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा चिकित्सा शास्त्र चाैथाैं वर्षमा अध्ययानरत पुष्पराज भाम तथा आंनद सिंह रहेका छन्। 

क्याम्पसले विद्यार्थीहरुलाई अनिवार्य रुपमा छात्रावास उपलब्ध नगराएको र होस्टलमा बसेकाहरुलाई पनि हटाउन खोजेपछि क्याम्पसविरुद्ध आन्दोलन गरेका थिए। 

उनीहरूले 'आफ्नै विद्यार्थीलाई बिजुली, पानी काटेर यातना दिने क्याम्पस चिफ राजीनाम दे' भन्दै प्रदर्शन गरेका हुन्।

तत्काल क्याम्पसमा अध्ययनरत गरीब तथा जेहेन्दार र दीर्घकालीन रूपमा सबै छात्रावासले पाउने व्यवस्था गर्नुपर्ने उनीहरूले माग गरेका छन्।   

१५ सय जना विद्यार्थीहरू अध्ययान गरिरहेको महाराजगञ्ज मेडिकल क्याम्पसमा हाल साढे २ सयजनाले मात्र होस्टल बस्न पाएका छन्। क्याम्पसले अन्य विद्यार्थी व्यवस्थापन गर्नुको साटो होस्टल बसिरहेका विद्यार्थीहरुलाई पनि मर्मत सम्भारको बाहनामा होस्टलबाट हटाउन खोजेको विद्यार्थीहरुको आरोप छ।साथै, क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई बारबार मानसिक यातना दिई विजुली, पानीकाे प्रवाह राेकि पढ्न्, लेख्न, समेत बन्चित गराइएकाे विद्यार्थीहरूकाे भनाई छ। 

चिकित्सा शास्त्र दाेस्राे वर्षमा अध्ययानरत विद्यार्थी अनुप सुवेदीले क्याम्पस प्रशासनले विद्यार्थीहरूलाई क्याम्पसकाे विद्यार्थी नै नभएकाे जस्ताे व्यवहार गरेकाे बताएका छन्।  ‘प्रशासनबाट हामीलाई यँहाकाे विद्यार्थीहरु नै हाेइन जस्ताे व्यवहार भएकाे छ।’  उनले भने ,‘हामीले हाम्राे हक हितकाे कुरा मागेका छाैँ, हामीले हाेस्टलमा आधारभूत सुविधा पनि पाएका छैनाैँ। न पानी छ, न विजुली नै। हामीले धेरै पटक प्रशासनलाई भनेका थियाैँ। तर हामीलाई यँहाकाे विद्यार्थीहरु नै हाेइन, तिमीहरू काे हाैँ ? जस्ताे व्यवहार भएकाे छ।’ 

प्रकाशित मिति: : 2023-01-24 11:56:00

प्रतिकृया दिनुहोस्