‘मैले देशमा सपना देख्न पाउने कि नपाउने?’

मदन नेपाली

काठमाडौं

प्रेमप्रसाद आचार्यको न्यायको माग गर्दै समाजिक अभियान्ता तथा युवाहरुले प्रदर्शन गरेका छन्।

बिहिबार माइतीघर मण्डलामा धर्ना र शान्तीपूर्ण रुपले आचार्यका न्यायको माग गर्दै नारा जुलुस सहित नयाँबानेश्वर पुगेर कोष सभा गर्दै प्रर्दशन गरेका हुन्।

मंगलबार संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्याय माग्दै प्रदर्शनको माग गरेका हुन्।

उनीहरुले श्रद्धान्जलिका लागि एक हातमा फूल र अर्को हातमा कालो पत्ती बाँधेका थिए। त्यस्तै प्रर्दशनकारीहरुले देशमै केहि गर्छु भन्नेहरुका लागि 'वातावरण बनाइदे सरकार' , 'प्रेम आचार्यलाई बाच्न दिएनौँ, प्रेम आचार्यहरुलाई मर्न नदेउ', भिसा देउ सरकार, खाडी जान्छु, अर्को जल्दो शरिर मेरो नहोस्, स्व. प्रेमप्रसाद आचार्यको २५ बुँदे माग पूरा गर, देशमै केहि गर्छु भन्नु के अपराध हो' लगायतका पम्पेलेटमा देखाएका थिए। 

प्रर्दशनकारीले सरकारले प्रेम आचार्यलाई न्याय नदिए आन्दोलनले उग्र रुप लिने चेतावनी समेत दिएका छन् । ‘हामी निरन्तर आन्दोलनमा छौ, कैयौ प्रेम आचार्य यसरी मरिरहेका छन् सरकारले यस बिषयलाई ध्यान नदिएर प्रेम जि को लाई न्याय नमिले अहिले शान्तिपुर्ण रुपमा छौ तर आन्दोलनले उग्ररुप लिन सक्छ ’ उनले भने ।

हेनुहोस् तस्वीरहरु

प्रकाशित मिति: : 2023-01-26 15:16:00

प्रतिकृया दिनुहोस्