बलिउडमा जमेका नेपाली चेलीहरू

BreaknLinks
BreaknLinks

बलिउडलाई भारतीय मनाेरञ्जन दुनियाँकाे सबैभन्दा ठुलाे ‘प्लार्टफम’ मानिन्छ। बलिउड अभिनेता तथा अभिनेत्रीहरू अन्तराष्ट्रिय रूपमा ख्याती कमाउन सफल भएका छन्।

हाल बलिउडमा भारतीय नायिकामात्रहरू मात्र नभइ केही नेपाली नायिकाहरू पनि राज गरिरहेका छन्। बलिउडकाे तुलनामा नेपाली सिनेमा क्षेत्र कलिउडको बजार सानो छ। तर पनि केही नेपाली नायिकाहरू बलिउडबाट ख्याती कमाउन सफल छन्।

१.मनिषा काेइराला

बलिउडकाे उत्कृष्ट नायिका मध्येकी एक हुन्-मनिषा काेइराला। उनकाे नेपाली उच्च घरानासँग सम्बन्ध छ। उनले आफ्नाे बाल्यकाल भारतमा बिताएी थिइन्। करिअरकाे शुरूवातमा मोडलिङ गरेपनि उनले बलिउडमा प्रवेश गरिन्। उनले अभिनय गरेका फिल्महरू मन, ‘दिल से’, ‘सौदागर’ जस्ता धेरै फिल्महरूमा हिट छन्। 

मनिषाले भारतीय बाहेक तेलगु, म्लयालम, अङग्रेजी, बङगाली तथा नेपालीसहित २०० भन्दा बढी फिल्ममा काम गरिसकेकी छिन्। मनिषाले करिअरकाे शुरूवात नेपाली फिल्म ‘फेरी भेटाैँला’ बाट गरेकी थिइन्। 

२.पूर्ण‍िमा श्रेष्ठ

पूर्ण‍िमा श्रेष्ठ बलिउडकी चर्चित पार्श्व गायक हुन्। उनलाई बलिउडमा सष्मा श्रेष्ठका नामले समेत चिनिन्छ। उनले बाल कलाकारको रूपमा आफ्नो करिअर शुरू गरेकी थिइन्।

पूर्ण‍िमा सन् १९७१ मा रमेश सिप्पीको फिल्म ‘अन्दाज’मा श्रेष्ठले, ‘मै हैना ना बोलो-बोलो’गीतमा आवाज दिएकी थिइन्। त्यपछि ‘तेरा मुझसे है पहले का नाता कोई, क्या हुआ तेरा वादा’मा पनि काम गरिन्। श्रेष्ठले माधुरी दीक्षितको फिल्मको प्रसिद्ध गीत ‘चन्ने के खेत मे’ मा पनि आवाज दिएकी छिन्।

३.तेरिया मगर 

तेरिया मगरकाे जन्म नेपालको रुपन्देही जिल्लामा भएकाे हाे। उनीले २०१४ मा भारतीय नृत्य प्रतियोगिता ‘लिटिल मास्टर्स’को उपाधि जितेकी थिइन। उनी नेपालको रुपन्देही जिल्लाकी निवासी हुन्। तेरियाले ‘झलक दिखला जा सिजन ९’को उपाधी पनि जितेकी थिइन्। यसका साथै उनी थुप्रै भारतीय रियालिटी शाेहरूमा सहभागी भईसकेकी छिन्। 

४.झरना बज्रचार्य

झरना बज्रचार्य नेपालकी एक चर्चित अभिनेत्री र मोडल हुन्। उनी १६ वर्षको उमेरमै मिस नेपाल सन्  १९९७ भएकी थिइन्। उनको पहिलो र सफल चलचित्र युग देखि युग सम्म हो। उनले सन् १९९७ मा मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। यस्तै झरनाले सन् २००४ मा आएको फिल्म ‘लभ इन नेपाल’मा काम गरेकी थिइन्। जसमा सोनू निगम मुख्य भूमिकामा थिए।

५.उषा पौडेल

उषा पौडेल नेपाली सिने जगतकाे उत्कृष्ट कलाकार मानिन्छिन्। उनकाे जन्म जनकपुरमा भएकाे थियाे। उषाकाे वास्तविक नाम रूकमिनी कुमारी पौडेल हाे। उषाले  कर्म, मुना मदन, गोधुली, तिम्रो माया, प्यारी बहिनी, गङ्गा, जेठो कान्छो, राम लक्ष्मण, बाज, क्रोध, माया नगर, ज्वालामुखी लगायतका ४० भन्दा बढी नेपाली चलचित्रहरूमा उनले काम गरिसकेकी छिन्।
यसका साथै उनले बलिउडमा पनि काम गरिसकेकी छिन्। उनले भारतीय तुझ सङ प्रित लगै सज्ना, जय जय बजरङ्ग बली, अदालत, चिन्टु छिन्की जस्ता भारतीय सिरियलमा खेलिसकेकी छिन्।

प्रकाशित मिति: : 2023-01-27 19:00:00

प्रतिकृया दिनुहोस्