राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा परेनन् सन्दीप लामिछाने

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी फागुन २ गतेबाट सुरु हुने त्रिदेशीय प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा २८ खेलाडीलाई बोलाएको छ।

शुक्रबार क्यानले घरेलु मैदानमा हुने प्रतियोगिताको लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरेको हो।

बलात्कारको अभियोगमा थुनामा परेर धरौटीमा रिहा भएका सन्दीप लामिछाने भने बन्द प्रशिक्षणमा अटाएनन्। 

टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्ने छन्।

यी हुन् बन्द प्रशिक्षणमा रहेका २८ खेलाडी :

प्रकाशित मिति: : 2023-01-27 17:33:00

प्रतिकृया दिनुहोस्