मन्त्रालय छाेड्ने बेला रविले भने– म अब अनागरिक भएँ (भिडियाे)

BreaknLinks
BreaknLinks

रवि लामिछानेले मन्त्रालय छाडेका छन्। सर्वाेच्च अदालतले उनकाे पद खारेज गरिदिएपछि उनले मन्त्रालय छाडेका हुन्।

उनले मन्त्रालय छाड्दै गर्दै आफू अनागरिक भएकाे प्रतिक्रिया दिए।

यस्तो छ, सञ्चारकर्मी र लामिछानेबीचको सम्वाद

प्रश्न : सर्वोच्चको फैसलामा तपाईको प्रतिक्रिया के छ ?

रवि : तपाईहरु एउटा अनागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । कहाँको नागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको नै थाहा छैन ।

प्रश्न : यो भन्दा अगाडि त गृहमन्त्री हुनुहुन्थ्यो नि

रवि : यतिखेर म अनागरिक छु, एउटा अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ।

प्रश्न : अब के गर्नुहुन्छ ?

रवि : थाहा छैन मलाई । एउटा अनागरिकले के गर्छ बुझेकै छैन मैले ।

प्रश्न : सर्वोच्चको फैसलालाई कुन रुपमा लिनु भएको छ ?

रवि : स्वागत गर्छु, स्वीकार गर्छु । सर्वोच्च अदालतभन्दा माथिल्लो कुनै निकाय छ र ? अदालतको फैसलालाई त म एकदमै स्वागत गर्छु, तर अरु प्रश्नमा त भनिहालेँ, एउटा अनागरिकले के उत्तर दिने ।

प्रश्न : राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष …

रवि : म अध्यक्ष रहिनँ सर । म केही पनि होइन, कहीँको पनि होइन ।

प्रश्न : नागरिकता पुनः प्राप्तिको प्रक्रियामा जानुहुन्छ ?

रवि : यो सबै प्रश्नहरुको मसँग कुनै जवाफ छैन । तपाईहरुले कसलाई प्रश्न सोध्नु भएको ? प्रश्न सोध्न कुनै परिचय चाहिन्छ । यतिखेर कुनै परिचय नभएको एउटा अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ।

प्रश्न : जनताले माया गरेको व्यक्ति त हो नि तपाईँ ?

रवि : त्यो पनि मलाई थाहा भएन ।

प्रश्न : रास्वपाको सभापति अब को हो त ?

रवि : खै थाहा भएन ।

भिडियाे:

प्रकाशित मिति: : 2023-01-27 19:39:00

प्रतिकृया दिनुहोस्