प्रदेश १ मा मुख्यन्यायाधिवक्ता विवाद : २३ गते दुवै पक्षसँग छलफल गर्दै अदालत

आफ्नो राजीनामा नआई नयाँ मुख्यन्यायधिवक्ता नियुक्ति गरेको भन्दै प्रदेश १ का मुख्यन्यायाधिवक्ता परिवर्तन राईले उच्च अदालतमा रिट दतौ गरेका छन्।

राईले आफ्नो राजीनामा नआई अर्का व्यक्तिलाई मुख्यन्यायाधीवक्ता नियुक्त गरेपछि नियुक्ति बदरको मागसहित उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए।

प्रदेश १ मा हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनेपछि गत माघ १० गते गजेन्द्र आचार्यलाई मुख्यन्यायाधीवक्ता नियुक्त गरेका थिए। राईलाई भने तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राईले गत असोज ९ गते मुख्यन्यायाधिवक्ता नियुक्त गरेका थिए।

यस्तै उच्च अदालतले मुख्यन्यायधिवक्ता नियुक्तिका विषयमा परेको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। उच्च अदालतका न्यायाधीश मिलनकुमार राईको इजलासले कारण देखाउ आदेश जारी गरेको हो।

अदालतले अन्तरिम आदेशका लागि माघ २३ गते दुवै पक्षलाई छलफलमा बोलाएको उच्च अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए।

प्रकाशित मिति: : 2023-01-29 18:11:00

प्रतिकृया दिनुहोस्