प्रियंका कार्की निफको जुरी कमिटीमा मनोनित

प्रियंका कार्की नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेत्री  मनोनित भएकी छन्। 

निफले बिहीबार विज्ञप्ति जारी गर्दै कार्कीसहित माया एकेडेमीका इन्द्रलाल बलामी जुरीमा चुनिएको उल्लेख गरेकाे हाे।

आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म काठमाडौंमा निफ आयोजना हुँदैछ। 

यस वर्ष ‘निफ’मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रमध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ । ‘निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने छ ।

प्रकाशित मिति: : 2023-02-02 13:31:00

प्रतिकृया दिनुहोस्