फिल्म ‘ह्रस्वदीर्घ’ बाट अभिनेता सलोन बस्नेत बाहिरिएका छन्। फिल्मको समयमा सुटिङ हुन नसकेपछि उनी फिल्मबाट बाहिरिएका हुन्।
‘ह्रस्वदीर्घ’ फिल्मको छायाङ्कन पहिले निर्धारित समयभन्दा ढिला भएका कारण फिल्म छोड्नु परेको सलोनले बताए। ‘ह्रस्व दीर्घ’ को छायाङ्कन पहिले कात्तिक र मंसिर भनिएको थियो।
त्यसैले फागुनमा ‘जय हो’ को सुटिङ राखियो’, सलोनले भने ‘अहिले ‘ह्रस्व दीर्घ’ को छायाङ्कन पनि फागुनमा आयो।’ एउटै समय दुई वटा फिल्म छायाङ्कन गर्न नमिल्ने भएकोले आफुले फिल्म छोडेको सलोनको भनाई रहेको छ।