बढ्दाे विदेश पलायनले खेलाडी अभाव, विकल्पकाे खाेजीमा लिग सञ्चालकहरु

BreaknLinks
BreaknLinks

आखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी फागुन १९ गतेदेखि सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्दैछ।

डिभिजन लिगका प्रतियोगिताहरुलाई फुटबलको चाडको रुपमा लिइन्छ। एन्फाले ए डिभिजन, बि डिभिजन र सि डिभिजन लिगकाे खेल तालिकासमेत प्रकाशित गरिसकेको छ। सुरुमा आयोजना हुने ए डिभिजन लिगका खेलहरु भने दशरथ रगंशला, च्यासल खेल मैदान र एन्फा कम्लेक्स गरी ३ वटा स्थानमा आयोजना हुनेछ।

गत शुक्रबार ए डिभिजन लिगको तयारीबारे एन्फाले पत्रकार सम्मेलन राखेको थियो, जहाँ एन्फाका सचिव किरण राईले अब हरेक वर्ष लिग जनवारीमा आयोजना गर्ने बताएका थिए। तर, लिगको धमाधम तयारी भइरहँदा खेलाडीहरुको भने अभाव हुन थालिसकेको छ।

नेपाली राष्ट्रिय टोली तथा नेपाली फुटबल जगतमा राम्रो छवी बनाएका खेलाडीहरुले यतिबेला धमाधम देश छाडिरहेका छन। एन्फाले समयमा डिभिजन लिगका खेलहरु आयोजना नगरेको र नेपाली फुटबलमा भविष्य नभएको कारण बताउँदै नेपालका एक दर्जन खेलाडी अहिले अस्ट्रलियमा छन। राष्ट्रियस्तरका खेलाडी अहिले अस्ट्रेलियाको स-साना क्लबमा आवद्ध भएर खेल्न बाध्य भएका छन।

यता, एन्फालले अब हरेक वर्ष लिगको आयोजना गर्न र कोही खेलाडीहरु अब विदेशीन नपर्न बताउँदै आइरहेको छ। क्लबमा छैनन् पर्याप्त खेलाडी ए डिभिजन लिग सुरु हुन अब केही दिन मात्र बाँकी छ तर यतिबेला क्लबमा लिग खेल्ने खेलाडीहरुको अभाव हुन थालेको छ। लिग सुरु हुनुअघि नै एक दर्जन खेलाडी विदेशी पलायन भएपछि नेपाली फुटबलको ११ क्लबले गत आइतबार क्लबका सञ्चालकहरुले लिगका निर्देशक सञ्जीव मिश्रलाई विदेशी खेलाडीलाई लिगमा आबद्ध गराउन निवेदन लेखे।

क्लबमा रिपलेस गर्नका लागि खेलाडीहरुसमेत नभएपछि लिगका सञ्चालकहरुले पत्र लेखेका हुन। एक महिना लामो सन्चालन हुने उक्त लिगमा एउटै खेलाडीहरुले लामो समयसम्म खेल्न नसक्ने र लामो समय खेल्दा उनीहरुलाई असर पर्ने भन्दै लिगका सञ्चालकहरुले विदेशी खेलाडीको माग गरेका हुन। विगतका वर्ष लिग खेल्दै आइरहेका खेलाडीहरुले देश छाडेर गएपछि लिगमा खेलाडीहरुको खडेरी लाग्न थालेको हो।

क्लवमा पर्याप्त खेलाडी नहुँदा लिगका खेलाडीहरु सफल नहुने धेरै सञ्चालकहरुले अनुमान गरेका छन।

लिगका लागि पर्याप्त खेलाडीहरु छन: लिग निर्देशक मिश्र

आइतबार ११ वटा क्लबले डिभिजन लिगका निर्देशक सञ्जीव मिश्रलाई विदेशी खेलाडीको माग गर्दा पत्र बुझाए। क्लबका निर्देशक सञ्जीव मिश्रलले क्लबका सन्चालकहरुले दक्षिण एसियाबाट विदेशी खेलाडी माग गरेको बताएका छन। ‘११ वटा क्लबका सञ्चालकहरुले मलाई साउथ एसियाबाट विदेशी खेलाडीहरु थप्नु भनेर पत्र लेखनु भएको थियो,’ निर्देशक मिश्रलले बिएल नेपाली सेवासँग भने, ‘विदेशी खेलाडी थप्ने/नथप्नेबारे एन्फाको बैठकपछि निर्णय हुन्छ।’

ए डिभिजन लिगका लागि १४ टोलीले डबल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्दै छन। तर, ती प्रतिस्पर्धाकाे लागि पर्याप्त खेलाडीहरु नभएपछि लिगका सञ्चालकहरु पत्र लेख्न बाध्य भए। लिगका सन्चालकहरुले लिगका लागि पर्याप्त खेलाडी छैन भन्दै हुन्नुछन नि ? भन्ने बिएल नेपाली सेवाको प्रश्नमा मिश्रलले भने, ‘एक महिना चल्ने लिगका लागि पर्याप्त खेलाडी छन।’

नेपालमै डिभिजन लिग खेल्नका लागि पर्याप्त खेलाडी भएकाे र अब विदेशी खेलाडी थप्ने हो कि होइन भनेर एन्फालले छलफल गर्न उनको भनाइ छ।

अब कोही खेलाडी विदेशीनु पर्दैन: सचिव राई

नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु विदेशीन प्रमुख आरोप एन्फालाई लागेको छ। एन्फाको भित्रि राजनीतिका कारण खेलाडी मर्कामा परेर विदेशिन बाध्य भएको आरोप यतिबेला एन्फाले खेपिरहेका छ। तर, एन्फा सचिव किरण राईले भने अब डिभिजन लिग हरेक वर्ष आयोजना हुने र कोही पनि खेलाडी विदेशिन नपर्ने बताएका छन।

एन्फाले आयोजना गरेको एक पत्रकार सम्मेलनमा सचिव राईले अब कोही खेलाडी देशमा खेल नभएर विदेशिनु पर्ने वातावरण सिर्जना नहुने बताएका थिए। देशमा बाच्ने आधार र एक वर्षमा एकपटक आयोजना हुने खेल खेलेर देशमा जीवीकाेउपार्जन गर्न नसक्ने भन्दै देशका एक दर्जन खेलाडी विदेशीका हुन।

प्रकाशित मिति: : 2023-02-07 18:30:00

प्रतिकृया दिनुहोस्