विश्वव्यापी रुपमा लोकप्रीय पिकलबल खेल खेल्नका लागि १६ जना सहभागी नेपाली टोली भारत प्रस्थान गरेको छ।
गोवामा फेब्रुअरी १० देखि १२ सम्म हुने खेल ९इन्डियन पिकलबल ओपन २०२३० मा सहभागी हुन नेपाली टोली भारत प्रस्थान गरेको हो।
योसँगै नेपालले पिकलबलको अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक सहभागीता जनाउन लागेको हो। पिकलबल खेलाडीहरुले नेपाली उत्पादनलाई चिनाउने नेपाली 'ब्राण्ड' थ्रेड गार्मेन्टुको जर्सी लगाएर खेल्नेछन्।
पिकलबल एशोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारीले पिकलबलमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न लागेको बताए।
उनले भने, 'नेपाली खेलाडीले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्दैछ्न। छोटो समयमा हामीले उत्कृष्ट खेलाडी उत्पादन गरेका छौं। अन्तरास्ट्रिय खेलमा अनुभव बिहिन भएतापनी नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छौं।'
विश्वव्यापी लोकप्रिय बन्दै गएको ‘पिकलबल’ खेल पछिल्लो समय नेपालमा समेत लोकप्रिय बन्दै गएको छ।