ठाडो भाकामा ‘दरमखोला’

फाइल तस्बिर
फाइल तस्बिर

मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ शुक्रबार सार्वजनिक भएको छ। गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो। 

सार्वजनिक भएको केही घण्टामै गीतको ‘म्युजिक भिडियो’ले युट्युबमा ४० हजार बढी ‘भ्यूज’ पाएको छ। गीतको शब्द सर्जक प्रह्लाद सुवेदीले लेख्नुभएको हो। सङ्गीत रचना गायक थापा आफैँले गरेका हुन्।

ठेट शब्द, मनछुने भाका र स्वरका कारण गीतले दर्शक/श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। ‘म्युजिक भिडियो’मा प्रयुक्त नाच र अभिनयले पनि गीतमा मौलिकता थपेको छ। ठाडो भाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो। 

पहिलेपहिले मेलापात र रोधीघरमा ठाडो भाका गुञ्जने गर्थ्यो। पछिल्लो समय ठाडो भाकाको मौलिकता हराउँदै जान थालेको छ। सङ्गीतमा आधुनिकताको प्रभावले पुराना लोकभाका सङ्कटमा परेका छन्।

प्रकाशित मिति: : 2023-02-11 07:50:00

प्रतिकृया दिनुहोस्