राष्ट्रपति चुनावमा प्रचण्डले लक्ष्मणरेखा नाघेर हाईजम्प गर्न सक्नुहुन्न

लोकान्तर

काठमाडाैँ

राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) पुस १० गते भएको भद्र सहमतिबाट पछि हट्न खोजेको आशंकासहित सहयात्री दल एमाले सशंकित छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति भएको दिन पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा राष्ट्रपति एमालेलाई दिने ‘भद्र सहमति’ भएको नेताहरू बताउँछन् ।

सो सहमतिविपरीत अहिले आएर माओवादीले राष्ट्रिय सहमतिको कुरा गरिरहेको एमालेको आरोप छ । राष्ट्रपतिमा सहमति खोज्न ओली र प्रचण्डबीच भएका दर्जनौं बैठकले नतिजा दिन सकेको छैन ।

प्रकाशित मिति: : 2023-02-14 18:36:00

प्रतिकृया दिनुहोस्