५ करोडको लगानीमा खाद्यन्नको डिष्ट्रिब्युटर सञ्चालनमा 

लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा ५ करोडको लगानीमा खाद्यन्नको डिष्ट्रिब्युटर सञ्चालनमा आएको छ।

बुटवल भैरहवाकै मूल्यमा सेवा दिने उद्धेश्यले जिल्लाको तानसेन ७ चुच्चेबारीमा सम्भवि पाल्पा खाद्यन्न डिष्ट्रिब्युटर प्रा.लि. सञ्चालनमा आएको हो।

पाल्पाको मुख्य व्यापारिक केन्द्रहरु तानसेन, रामपुर, सराई, हार्थोक, छहरा, आर्यभञ्याङ्गसहित ग्रामिण क्षेत्रका बजार र छिमेकी जिल्लाहरु गुल्मी, अर्घाखाँची, स्याङ्गजा, बाग्लुङ्ग, पर्वत जिल्लाका खाद्यन्नका खुद्रा तथा होलसेल बिक्री गर्ने बिक्रेता तथा उपभोक्ताको सहजताको सबै जिल्लाकै ठुलो खाद्यन्नको डिष्ट्रिब्युटर सञ्चालनमा ल्याएको प्रबन्धक आकाश खानले जानकारी दिए।

बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रको पहिरो जोखिमका कारण खाद्यन्न ओसारपोसार गर्न कठिनाई हुने गरेकोमा पाल्पाबाट सेवा सुरु गरेको सम्भवि खाद्यन्न डिष्ट्रिब्युटरले आगामी दिनमा सहजता ल्याउने डिष्ट्रिब्युटरकी अध्यक्ष संगिता कार्कीले बताए।

बढ्दो महाङ्गीले चर्को मूल्य मारमा परेका सेवाग्राहीलाई मूल्य र सेवामा डिष्ट्रिब्युटरले राहात प्रदान गर्नुका साथै बुटवल र भैरहवाकै मूल्यमा सबै प्रकारका खाद्यन्न उपलब्ध रहेको सञ्चालक दिपक गुप्ताले जानकारी दिए।

तीन जनाको लगानीमा सुरु भएको सुरु भएको खाद्यन्न डिष्ट्रिब्युटरमा १५ जनाले प्रत्यक्ष रोजगारीसमेत प्राप्त गरेका छन्। दैनिक उपभोग्य सामाग्रीको लागि बुटवल भैरहवा जानुपर्ने बाध्यता रहेकोमा अब भने यसको अन्तय भएको तानसेन ७ चुच्चेबारीका स्थानिय राजेश कार्कीले बताए।

एक दुई रुपैँया सस्तोका लागि गाडी भाडामा लिएर अन्यन्त्र जानुपर्ने सास्ती थियो अब सस्तो मूल्यमा दैनिक उपभोग्य सामाग्री गाउँमै सुलभ मूल्यमा पाउन थालेपछि राहात मिलेको उनले बताए।

प्रकाशित मिति: : 2023-02-15 15:57:00

प्रतिकृया दिनुहोस्