अनेरास्ववियुकाे पदाधिकारी चयनकाे लागि यसरी हुँदैछ मतदान (तस्बिरहरु)

नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)काे नयाँ पदाधिकारी चयनकाे लागि निर्वाचन हुँदैछ। यही फागुन २ गतेदेखि सुरु भएकाे २३औँ महाधिवेशनबाट नयाँ पदाधिकारी चयनको लागि विद्युतीय मेसिनबाट निर्वाचन गर्ने लागिएकाे छ।

बिहीबार बिहान ९ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो तर प्राविधिक गडबडीका कारण निर्वाचन प्रक्रिया ३ बजेपछि हुने भएको हो। मतदानको सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि पार्टीका नेताहरू सहमति जुटाउने प्रयासमा छन् तर अहिलेसम्म सहमति जुट्न सकेको छैन।

प्रतिनिधिहरू भने जसरी पनि निर्वाचन प्रक्रियामा जाने दबाब दिरहेकाे बताउछन्। ‘हामीले अन्य संगठनभन्दा फरक तरिकाले महाधिवेशन समपन्न गर्ने छौँ। हामीले पहिले जसरी टीका लगाएर दिने प्रवृत्तिको अन्त्य गर्ने छौँ। प्राविधिक कारण केही समय अबेर भयो ढुक्क छौँ निर्वाचन प्रणालीबाट नै हामीले नेतृत्व पाउने छौँ,’ उपाध्यक्षका उम्मेदवार पङकज भण्डारीले भने।

अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्। जसमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला, वाङ्छु योञ्जन र समिक बडाल रहेका छन्। त्यस्तै उपाध्यक्षका लागि १६ जनाले उम्मेदवारी दिएका छन। महासचिवका लागि पाँच जनाले उम्मेदवारी दिएका छन। भने, सचिव खुलातर्फका लागि उम्मेदवारी दिएका ४८ जनाले उम्मेदवारी दिएका छन।

त्यस्तै सचिव महिला खुलातर्फका लागि १० जना र सचिव समावेशी तर्फका लागि ४ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारहरूले भोट माग्ने कार्यलाई भने तिब्रता दिएका छन। प्रतिनिधिले प्रदेश विषेशअनुसार मतादान गर्ने छन।

प्रकाशित मिति: : 2023-02-16 15:40:00

प्रतिकृया दिनुहोस्