‘छक्कापञ्जा ४’ काे ट्रेलर सार्वजनिक भएको छ।
फिल्ममा राजा पात्रको भूमिका दीपकराज गिरीले गरेका छन्। अभिनेत्री बेनिशा हमाल पत्रकारको भूमिकामा प्रस्तुत छिन्।साथै फिल्ममा नीर शाह, अनुरागमान सिंह कुँवर, निर्मल शर्मा, मलिना जोशी, राज आचार्य पनि फिल्ममा महत्वपूर्ण भूमिकामा छन्।
ट्रेलर हेर्दा फिल्ममा गाउँको चुनावको परिवेश, गुड्डाको राजनीतिक यात्रा र राजनीतिकले निम्त्याएको समस्या फिल्मले देखाउने अनुमान गर्न सकिन्छ।
राजनीति र समाजिक विषयमा निर्माण भएको फिल्म कमेडी जनरामा बनेको हो। आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको हो। फिल्मको प्रदर्शन मिति १९ फागुन तय गरिएको छ।