बुल्गेरियाको राजधानी नजिकै ट्रकमा १८ आप्रवासी मृत फेला

Photo - Agency
Photo - Agency

बुल्गेरियाको राजधानी सोफियानजिकै शुक्रबार कम्तिमा १८ जना आप्रवासीहरू एक परित्यक्त ट्रकमा मृत फेला परेको आन्तरिक मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार ट्रकले अवैध रूपमा लगभग ४० जना आप्रवासीहरू बोकेको  बताइएको छ। आप्रवासीहरू काठ बोकेको ट्रकमा लुकाएर यात्रा गराइएको पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार तिनीहरू मध्ये १८ जनाको मृत्यु भइसकेको र केही बाँचेकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ। यस विषयमा अनुसन्धान जारी छ। 

प्रकाशित मिति: : 2023-02-18 13:36:00

प्रतिकृया दिनुहोस्