स्कटल्याण्टले दियाे नेपाललाई २ सय १३ रनकाे लक्ष्य

आईसीसी विश्वकप लिग– २ अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजअन्तर्गतकाे अन्तिम खेलमा स्कटल्याण्टले नेपालसामु २ सय १३ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिक्रेट मैदनामा टस हारेर पहिले ब्याटिङ गरेकाे स्कटल्याण्ट ४६. १ ओभरमा अल आउट हुँदै २ सय १२ रनमा समेटियाे।

स्कटल्याण्टका जर्ज मुन्शेले अर्थशतकीय इनिङ खेले। उनले ५० बलमा ६० रन प्रहार गरे।

त्यस्तै स्कटल्याण्डका ब्रान्डन एमसीमक्लेनले ३१, म्याथ्यू क्रसले ४२, क्रिस्टोफर म्याकब्राइडले २२, काइल कोट्जरले २२ रन बनाएर आउट भए।

नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए। भने, करण केसीले ३ तथा कुशल मल्ल र ललित नारायण राजवंशीले १/१ विकेट लिए।

जारी सिरिजमा नेपाल लगातार चौंथो जितको खोजीमा रहेको छ। सिरिजको अघिल्ला तीनै खेल नेपालले जितेको थियो। नेपालले आजकाे खेल जितेमा आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जित्नेछ।

सिरिजमा नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ। स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ।

प्रकाशित मिति: : 2023-02-21 12:30:00

प्रतिकृया दिनुहोस्