विनोद चौधरीको फाइनान्सबाट ठगिए पूर्वएआइजी चन्द

उमेश थापा

काठमाडौं

राजधानी काठमाडाैँमा ट्रान्सपाेटेसन (यातायात प्रणाली) यति धेरै समस्याग्रस्त छ कि विशेष काम हुनेहरु सामान्यतया सार्वजनिक यातायातमा सवार गरेर काम गर्नै सक्दैनन्। यही माैका समातेर गाडी खरिद/बिक्री गर्ने कम्पनी तथा फाइनान्सहरुले मानिसलाई निजी सवारी किन्न प्रेरित गर्छन्, जुन व्यवसायीहरुकाे ठगी धन्दा चलाउने गतिलाे माध्यम बन्न पुगेकाे छ। मानिसहरुलाई ‘नयाँ गाडी भिराउने, चर्काे दाम तिराउने’ गतिविधि बढ्दाे छ।

यस्तै जालाेमा फसेका छन्, नेपाल प्रहरीका पूर्व एआइजी रणबहादुर चन्द। उनलाई जालाेमा फसाएकाे छ, विनाेद चाैधरीकाे चाैधरी ग्रुपकाे फाइनान्स गर्ने के.एम.सी अटोमोबाइल प्रा.लि.ले।

चन्दले ३० वर्ष नेपाल प्रहरीमा जागिर रुपैयाँ स्वास्थ्य अनुदान रकम र नागरिक लगानी कोषबाट पाउने अनुदान रकम गरी १२ लाख र अलिकति जम्मा गरेको पैसाबाट किस्ताबन्दीमा मारुती गाडी निकालेका थिए। तर, साे गाडीबाट राजधानीबाहिर जान कठिन भएपछि सन २०२० मा नयाँ गाडी निकाल्ने साेच निर्णय गरे। मारुती गाडी परिवर्तन (चेन्ज) गर्दा के.एम.सी अटोमोबाइलले चन्दलाई १८ लाख रकम दियाे।

उनले त्यत्तिखेर मारुती-सुजिकीको (ब्रेजा) किन्ने याेजना बनाए। सन २०२० मा साे गाडीको बजार मूल्य ४२ लाख ९९ हजार थियो। उनले पुरानो गाडीबाट आएकाे १८ लाख बुझाए र छाेराकाे नाममा रहेकाे फर्मलाई राखेर गाडी निकाले।

उनले गाडी निकालेपछि दुई वर्षको किस्ता ५० हजारका दरले १२ लाख बुझाए। तर, उनले पैसा बुझाउछन्, ऋण भने घट्दै घट्दैन।

‘मैले मासिक रुपमा निरन्तर किस्ता बुझाउँदै आएकाे थिएँ, बिचमा काेभिड आयाे सबै कुरा ठप्प भयाे। तर, मैले दुई वर्षसम्म किस्ता बुझाउँदा पनि किस्ता कसरी नघट्ने हो ? अहिलेसम्म मैले जम्मा ३० लाख रुपैयाँ बुझाइ सकेँ तर विनोद चौधरीको फाइनान्सले मेरो गाडीको २८ लाख रुपैयाँ बुझाउन बाँकी छ भन्छ,’ चन्दले बिएल नेपाली सेवासँग भने,‘यसरी मानिसहरु लुट्दै छ, विनोद चौधरीको फाइनान्सले। मजस्ता त दिनहुँ ठग्दै होला यो फाइनान्सले। मैले अब यत्रो पैसा कहाँबाट तिर्ने ?’

उनले आफ्नाे पेन्सनबाट आउने रकमले किस्ता तिर्दै आएका थिए। किस्ता जति तिर्दा पनि रकम नघटेपछि चन्द अहिले फाइन्यान्स धाउन बाध्य छन्। ‘मैले महिनामा बुझाउनुपर्ने किस्ता जम्मा ५० हजार हो। मैले एकपटक तीन महिनाको किस्ता बुझाउन सकेको थिएन। त्यत्तिखेर तीन महिनाको किस्ता रकम गरी जम्मा १ लाख ५० हजार हुन्थ्यो तर फाइनान्सले ब्याज भनेर ३ लाख ३० हजार पो तिर्न भन्छ। म अच्चम परेँ,’ उनले भने। यसरी चन्द फाइनान्सबाट ठगिएका छन्।

यसबारे के.एम.सी.अटाेमाेबाइलसँग बुझ्न खाेज्दा चन्दले मिडियाबाजी गर्न खाेजेकाे भन्दै चर्कियाे। ‘उहाँलाई यहाँ आएर बुझ्न बन्नुहाेस्, अनावश्यक मिडियाबाजी गर्न मिडिया धाउन आवश्यक छैन।’ समस्याबारे फाइनान्सका कर्मचारीले बताउन नै चाहेनन्।

बिमा कम्पनीबाट ठगिए चन्द

चन्द फाइनान्सबाट मात्रै हाेइन, बिमा कम्पनीबाट पनि ठगिएका छन्। उनले आफ्नाे गाडीकाे नक्सालस्थित प्रुडेन्सियल इन्स्यारेन्स कम्पनीमा बिमा गराएका थिए। उनकाे ब्रेजा गाडी केही समयअगाडि ठोक्किएको थियो।

गाडी ठोकिएपछि उनले साे इन्स्योरेन्समा केल्म गरे। त्यसपछि इन्स्योरेन्स कम्पनीका इन्जिनियर र फाइनान्स गरेको कम्पनिले गाडी बनाउन सुजिकी व्रकशपमा लिएर गए।

गाडी बनाउन जम्मा १ लाख १९ हजार लाग्ने भयो। इन्स्योरेनस कम्पनीले लागेको खर्च भुक्तानी गर्दिछु भन्दै आश्वासन दियो। तर, सम्झाैताअनुसार रकम भुक्तानी गरेन। ‘गाडी बन्यो। महिना दिनपछि इन्स्योरेनसले मेरो हातमा जम्मा ४५ हजार मात्र दियाे। सुरुमा नै इन्स्योरेन्स कम्पनीले पैसा नदिने भनेको भए भइहाल्थ्याे। अहिले पनि इन्स्योरेन्स कम्पनीमा गएर माग्दा कर्मचारीहरु नसुनेझैं गर्छन्,’ चन्दले भने।

नेपाल बिमा प्राधिकरण चुपचाप

नेपाल बिमा प्राधिकारणका अध्यक्ष सूर्यप्रसाद सिलवालसँग चन्दले आफ्नाे समस्याबारे सुनाएका थिए। उनकै आग्रहमा चन्दले निवेदन पनि दिए। तर, बिमा प्राधिकरण भने निवेदनकाे प्रतिक्रिया नै नदिएर चुप बसेकाे छ। ‘यस्तो निकायले छानबिन नगरे कसले गर्ने हो ? नराम्रो बिमा कम्पनीलाई छाडा छोड्नु हुँदैन, यिनीहरुलाई कानुनी दायरामा उभियाउनुपर्छ,’ चन्दले भने।

प्रकाशित मिति: : 2023-02-22 19:10:00

प्रतिकृया दिनुहोस्