सन्दीप विश्वकप लिग खेल्न युएई जान नपाउने

File photo
File photo

युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गतकाे त्रिकोणात्मक सिरिज लेग स्पिनर सन्दीप लामिछानेले सहभागी हुन नपाउने भएका छन्।

बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले युएईमा खेल्न जाने टाेलीकाे घाेषणा गरेकाे छ, जसमा सन्दीपकाे नाम समावेश छैन।

नाबालिक बलात्कार गरेकाे आराेप लागेका उनलाई मुद्दा किनारामा नलाग्दासम्म देश नछाेड्न उच्च अदालतले आदेश दिएकाे थियाे। साेही कारण क्यानले सन्दीपकाे नाम टाेलीमा समावेश नगरेकाे उल्लेख गरेकाे छ।

क्यानले सन्दीपलाई साे प्रतियाेगिता खेलाउनकाे लागि पहल गरे पनि सफल हुन सकेन। पाँच महिनापछि खेलमा पुनरागमन गरेका सन्दीपले यसअघिकाे त्रिकाेणात्मक प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका थिए।

यता, सन्दीपलाई छाड्न आदेश दिएकाे पाटन उच्च अदालतविरुद्ध सर्वाेच्च अदालतमा परेकाे रिटकाे भाेलि (शुक्रबार) सुनुवाइ हुँदैछ।

प्रकाशित मिति: : 2023-02-23 15:34:00

प्रतिकृया दिनुहोस्