रियालिटी शो ‘सेफ नेपाल’को छायांकन जानकी मन्दिरमा दर्शन गर्दै जनकपुरदेखि सुरु भएको छ।
निर्माता धर्मराज पाण्डे, सेफ सन्तोष शाह, गणेश ढकाल र भान्से लक्ष्मण भण्डारीसहितले मन्दिरमा पूजाअर्चना गर्दै छायांकन सुरु भएको हो।
शो पुसमा छायांकन सेट सार्वजनिक भएको थियो। शोमा १८ एपिसोड हुनेछ। एकसय प्रतियोगीले शोमा प्रतिस्पर्धा गर्नेछन्। विजेताले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन भने १० लाख भन्दा बढीको उपहार दर्शकले क्विज सेग्मेन्ट मार्फत प्राप्त गर्ने छन्।