आन्तरिक राजस्वमा प्रगति,भन्सारमा खडेरी

अन्नपूर्ण पोष्ट

रोविन पौडेल

आन्तरिक राजस्व विभागले उठाउने राजस्वमा उल्लेख्य प्रगति भए पनि भन्सारतर्फ भने खडेरी कायमै रहँदा संकलनको गतिमा पुरानै अवस्था देखिएको छ। अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको ७ महिना सकिँदा ५ खर्ब १४ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो ७ महिनाको लक्ष्यको ६८.३ प्रतिशत मात्रै हो। पुसको तथ्यांकअनुसार लक्ष्यको ७०.४ प्रतिशत राजस्व संकलन भएको छ।

चालू आर्थिक वर्ष सुरु भएदेखि नै राजस्व संकलनको गति खस्किएको छ। ‘आयात निरुत्साहनका लागि चालिएका कदम, घरजग्गाको कारोबारमा आएको शिथिलता तथा घट्दो सेयर बजारका कारण पुँजीगत लाभकरमा उल्लेख्य कमी आउँदा राजस्वको लक्ष्य र संकलनबीच अन्तर देखिएको छ,’ चालू आवको बजेटको अर्धवार्षिक समीक्षामा भनिएको छ। 

प्रकाशित मिति: : 2023-02-28 11:06:00

प्रतिकृया दिनुहोस्