बिन्ध्यवासिनी म्युजिक कम्पनीका संचालक सुवास रेग्मी विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ।
पक्राउ परेको १३ दिनमा नै उनको मुद्दा सरकारी वकिल कार्यालय काठमाडौं हुँदै जिल्ला अदालत काठमाडौं पुगेकाे हो। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले रेग्मीलाई फागुन ७ गते थाइल्यान्डबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
गायक प्रमोद खरेलले लगायत रेग्मीविरुद्ध उजुरी दिएका थिए। संगितकार महेश आचार्यको जाहेरीमा उनी विरुद्ध उजुरी दर्ता भएको थियो विद्युतीय कारोबार ऐन विपरीत कसुर गरेकाले सुवास रेग्मी विपक्षी बनाइ मुद्दा दर्ता भएको छ।
सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोप रेग्मीमाथि लागेको छ। कसुर प्रमाणित भएमा १ लाख सम्म जरिवाना र ५ वर्षसम्म कैद हुन सक्छने छ। उनले फेसबुकमा गायत प्रमोद खरेल लगायतलाई गाली गलौज गरेका थिए।
तर पक्राउ परेपछि नै उनलाई छोड्नको लागि गृहमन्त्रालयका कर्मचारी देखि प्रधानमन्त्री निवास बालुवाटरबाट प्रहरीलाई प्रेसर दिएका थिए। पक्राउ परेपछि पनि उनी विरामी देखाउँदै हिरासतमा नभएर अस्पतालमा बस्दै आएका थिए।
२ वर्षअघि कम्पनीकी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी पनि पक्राउ परेकी थिइन्। गीतको प्रतिलिपी अधिकार उल्लङ्घन गरेको अभियोगमा प्रहरीले शर्मालाई पक्राउ गरेको थियो। उनीविरुद्ध पनि गायक खरेलले नै उजुरी दिएका थिए।