प्रचण्डविरुद्ध सर्वोच्चमा परेको रिटप्रति माओवादी लुम्बिनीको आपत्ति

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्ध सवोच्च अदालतमा परेको रिटप्रति माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीले आपत्ति जनाएको छ। सोमबार प्रदेश अध्यक्ष सुदर्शन बरालले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन।

विज्ञप्तिमा उक्त रिट संविधान विरोधी गतिविधि रहेको भन्दै १२ वुँदे पक्षधर तथा नागरिकहरुलाई आावश्यकताअनुसार प्रतिबाद गर्न अपिल गरिएको छ। साथै रिट पर्नुका पछाडि अदालतको दुरुपयोग हुने त हैन भन्ने आशंका जन्मेको उल्लेख गरिएको छ।

विज्ञिप्तिमा भनिएको छ,‘द्वन्द्वकालीन अवस्थामा भएका घटनाहरुको छानविन र निरुपणको लागि नेपालको संविधान बमोजिम सत्यनिरुपण तथा वेपत्ता छानविन आयोग गठन भई काम कारवाही अगाडि बढेको कुरा पनि सार्वजनिक नै छ। यसका बावजुद, हालैको सर्वाेच्चको उक्त आदेशले, हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डको कुनै फरक प्रसंगमा दिइएको राजनीतिक अभिव्यक्तिलाई आधार बनाउँदै गलत उद्देश्यका साथ सम्मानित सर्वाेच्च अदालत दुरुपयोग हुने त हैन भन्ने आशंका जन्मेको छ।’

प्रकाशित मिति: : 2023-03-06 19:42:00

प्रतिकृया दिनुहोस्