छाेरालाई ताताे पानी खन्याएकाे घटना बाहिरिएपछि राजेश पायल राई आक्राेशित

आफ्नै छाेरालाई ताताे पानी खन्याएर घाइते बनाएकाे समाचार सार्वजनिक भएपछि गायक राजेश पायल राईले मुख खाेलेका छन्।

राजेशले बिहीबार बिहान आफ्नाे सामाजिक सञ्जाल फेसबुकमार्फत साे घटना वास्तविक नभएकाे बरु आफैंलाई फसाउन षयन्त्र भएकाे प्रतिक्रया दिएका छन्।

उनले साे घटनाकाे प्रमाण जुटाए आफ्नाे शिर पाउमा राख्न तयार रहेकाे बताएका छन्। उनले अगाडि लेखेका छन्,  ‘गम्भीर आपत्ति ! प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखिदिन्छु । एउटा स्टाटसकै भरमा कसैलाई यति ठुलो गाली गलौज लेख्न मिल्छ ?’

उनले विनाप्रमाण समाचार लेखेर मानहानी गर्न खाेजेकाे पनि बताएका छन्।

राजेशकी श्रीमती साङ्गवुङ राईले मंगलबार सामाजिक सञ्जालमार्फत श्रीमानले छाेरालाई ताताे पानी खन्याएकाे स्टाटस लेखेकी थिइन् । तर, उक्त स्टाटस सार्वजनिक भएको केही घण्टामा उनको फेसबुक अकाउन्ट नै डिएक्टिव भएको छ । 

प्रकाशित मिति: : 2023-03-09 10:21:00

प्रतिकृया दिनुहोस्