देवव्रत, बर्बरिक र अभिशप्त हामी

लोकान्तर

गुरूराज घिमिरे

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ । पूरा कथाले, किंवदन्तीले, अग्रजहरूका कृत्यले, उनीहरूकै आलोकले पनि तपाईंको बाटो उज्यालो हुन्छ ।

भारतीय मूलका अंग्रेजी साहित्यकार नयपाल बेलायतका मुर्धन्य विद्वान हुन् । उनको भनाइले पूर्वीय सभ्यतातर्फ नै इंगित गरेको छ । यसबाट हाम्रा पूर्वजहरूले छाडेका ज्ञानका सम्पदाहरू कति महान् छन् भन्ने कुरा छर्लङ्ग हुन्छ । तसर्थ आज हामी हाम्रो सभ्यता र केही प्रतिनिधि पात्रहरूको त्याग र बलिदान साथै वर्तमानको राजनीतिका बारेमा थोरै चर्चा गरौं ।

महानतम् पौराणिक शास्त्रहरू ज्ञान र चेतनाका पुञ्ज तथा मुहान हुन् । हुन त निरन्तरको खोज, प्रयोग, अनुभव र चिन्तन नै ज्ञान एवं शिक्षाका आधिकारिक स्रोत हुन् । यसमा पूर्वीय दर्शन निकै उन्नत र अगाडि छ । वर्तमान युगले हासिल गरेको उन्नति र उपलब्धिको आधारशीला नै हाम्रा पूर्वजहरूले छाडेर गएको शिक्षा, खोज र निरन्तरको साधना हो ।

प्रकाशित मिति: : 2023-03-12 13:44:00

प्रतिकृया दिनुहोस्