९५औँ ओस्कार अवार्ड आज

Photo: Agency
Photo: Agency

सिनेमा क्षेत्रको सबैभन्दा ठुलो ९५औँ एकेडेमी अवार्ड अर्थात् ओस्कार अवार्ड आज (१२ मार्च) अमेरिकी पूर्वीय समयअनुसार रातिको ठिक ८ बजेबाट सुरु हुँदैछ।

लस एन्जलसको डल्बी थिएटरमा एकेडमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेजद्वारा आयोजित समारोहमा सन् २०२२ मा रिलिज भएका सिनेमाहरुबाट विभिन्न विधामा पुरस्कार प्रदान गरिने छ।

सर्वश्रेष्ठ सिनेमा, नायक र सह-नायक, नायिका र सह-नायिका, निर्देशक, लेखक, सङ्गीतकार, विदेशी सिनेमालगायत २३ विधामा प्रदान गरिने यो पुरस्कारको लागि सर्वश्रेष्ठ सङ्गीत (मौलिक गित) विधामा तेलगु भाषाको सिनेमा आर.आर.आर को ‘नाटु नाटु’ गीत पनि परेको छ।

कार्यक्रमको सञ्चालन चर्चित टेलिभिजन प्रस्तोता जिम्मी किम्मेलले गर्ने छन्। भने, विशिष्ट अथितिमध्ये एक हिन्दी सिनेमा कि नायिका प्रियन्का चोपडा पनि हुने छिन। यसको साथै नेपाली सिनेमा क्षेत्रको लागि भने यो कार्यक्रम ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’जस्तै हुनेछ।

प्रकाशित मिति: : 2023-03-12 19:08:00

प्रतिकृया दिनुहोस्