राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जोले गरे एन्फासँग एक वर्षको सम्झौता

नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले अखिल नेपाल फुटबल सघं (एन्फा)सँग एक वर्षको सम्झौता गरेका छन्। 

आइतबार भिन्सेन्जोले एन्फासँग एक वर्षको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। उनी र एन्फका महासचिव किरण राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

नेपालका पूर्वप्ररिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि एन्फाले दुई हप्ता अघि भिन्सेन्जो अल्बर्टो एनीसलाई फुटबल टोलीको मुख्य प्ररिक्षकमा नियुक्त गरेको थियो।

प्रकाशित मिति: : 2023-03-13 14:18:00

प्रतिकृया दिनुहोस्