कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त भएकी छन्।

दलका नेता डिल्लीबहादुर चौधरीले मंगलबार प्रदेशसभा सदस्य गिरीलाई सचेतक नियुक्त गरेका हुन्।

सचेतक नियुक्त भएकी गिरी प्युठानको झिमरुक गाउँपालिका–७ तुसाराकी उर्जाशील नेत्री तथा यसअघि संस्थापनइतर समूहबाट संसदीय दलको नेतामा आकांक्षी थिइन्। तर, सहमतिबाटै दलकाे नेता चौधरी चुनिएपछि उनी बाँधक बनिनन्।

विद्यार्थी कालदेखिनै राजनीतिमा सक्रीय भूमिका निर्वाह गर्दैआएकी उनी पेशाले कानुन व्यावसायीसमेत हुन्। उनले कानुनसँगै फाइन्यान्स र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी छन्।

प्रकाशित मिति: : 2023-03-14 08:30:00

प्रतिकृया दिनुहोस्