नायिका वर्षा सिवाकोटीका श्रीमान आशिष गेलालले अर्को विवाह गरेका छन्। उनले सोमबार झापाकी समीक्षा विमलीसँग विवाह गरेका छन् ।
सिवाकोटीसँग विवाह भएको ९ महिनापछि गत महिना कानूनी रूपमै उनीहरूको विवाह सकिएको थियो ।
वर्षा गत वैशाख ९ गते अमेरिका बस्दै आएका आशिषसँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन्। विवाह गरेर अमेरिका गएकी वर्षा नेपाल फर्केलगत्तै सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरेका थिए ।
विवाह टुट्नुको मूल कारण आशीषले अभिनेत्रीलाई र वरषाले अमेरिकी इञ्जिनियरलाई असामान्य अर्थमा बुझेको बताइएको छ । वर्षाले भने पारिवारिक प्रक्रियामा हतारमा विवाह गर्दा एक अर्कालाई राम्ररी बुझ्न नसकिएको बताएकी छिन्।