‘युट्युबर’ले भिडियाेको ‘हेडलाइन’ बिगार्दिएपछि तात्तिइन् निता ढुंगाना

अभिनेत्री निता ढुङ्गानाले ‘युट्युबर’ले आपत्तिजना हेडलाइन (शीर्षक) राखेर भिडियो सार्वजनिक गरिदिएपछि आक्रोशित बनेकी छन्।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रमका क्रममा बोलेका कुरालाई बङ्ग्याएर हेडलाइन राख्दा आफ्नो जीवनमा नकारात्मक असर परेको उनको भनाइ छ।

‘पत्रकारले भिडियोको कुरालाई मेरो व्यक्तिगत जीवनसँग जोडेर भ्रामक हेडलाइन राखेका छन, जुन आपत्तिजनक छ,’ निताले भनिन्।

निताले गत बिहीबार ‘मरिहत्ते’ नामक गीतको सार्वजनिक कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिएकी थिइन्। सोही गीतले निताले दिएको प्रक्रियालाई जोडेर युट्युबमा ‘निता ढुङ्गाना गर्भवती, भगवानको देन भन्दै गर्भवती हुँदाको अनुभव सुनाइन्, बिहेपछि निता आमा बन्दै’लगायत शीर्षक राख्दै भिडियो अपलोड गरिएको छ।

उक्त गतिविधिका कारण आफ्नो जीवनमा नकारात्मक असर परेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2023-03-18 15:43:00

प्रतिकृया दिनुहोस्