'पहिले एउटा कार्यक्रममा गीत गाउन पाए पनि हुन्थ्याे जस्ताे लाग्थ्याे, अहिले फुर्सदै छैन'

पछिल्लो पुस्ताकि चलेकि गायिका रचना रिमाल साङ्गितिक कार्यक्रममा आज भोलि निक्कै व्यस्त भएकि छिन। 

फागुन महिनामा उनले देशका विभिन्न २१ स्थानमा आफ्नो साङ्गितिक प्रस्तुति दिन सफल भईन। कुनै दिन मंचमा एउटा गित मात्रै गाउन पाएपनि हुनेथियो भन्ने लाग्थ्यो रचनालाई। त्यहीँ भएर घर छेउछाउमा कार्यक्रमहरु हुनासाथ जान्थिन, गाउन पाउदा खुशि त नपाउदा निरास हुन्थिन।

म आज मेरो साङ्गितिक यात्राको तिन बर्षमै हजुरहरुको माया, साथ र आशिर्वादले गर्दा यो स्थान सम्म पुगेकि छु, रचनाले भनिन्। उनले आफुलाई भाग्यमानी ठानेको बताईन। बिएल नेपालीसङ्ग कुरा गर्दै रचना भन्छिन: अब ठुलाठुला रहर छैनन, मात्रै हजुरहरुको यो माया सदैव जोगाईराख्न र आशिर्वाद पाईरहन सकुँ। नेपाली संगीत क्षेत्रमा छोटो समयमा चर्चा कमाएको नाम हो रचना रिमाल।

‘फोटो फिरिममा, मिनरल वाटर, पहिलो पल्ट भेट हुँदा, सुनन पियारी’ जस्ता थुप्रै गीतले अहिले रचनालाई चर्चाकाे शिखरमा पुर्‍याएको छ। टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा होस् या संगीतप्रेमीहरुको मनमनमा अहिले आफ्नो मीठो स्वरका कारण प्रशंसामाथि प्रशंसा पाइरहेकी छन् रचनाले।

छोटो समयमा एक हजार बढी गीतमा स्वर दिइसकेकी छिन्। उनको पहिलो चर्चित गीत ‘फोटो फिरिममा’ हो। सो गीतले उनको करियरको बाटो मात्र खोलिदिएन, देशविदेशमा कार्यक्रम गर्न हवाईजहाज सयर गरायो। ‘फोटो फिरिममा’ काे भ्यूज झण्डै डेढ करोड छ।

प्रकाशित मिति: : 2023-03-18 17:55:00

प्रतिकृया दिनुहोस्