थ्री नेसन्स कप खेल्ने नेपालको टोली घोषणा

File Photo
File Photo

प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ।

बुधबारदेखि घरेलु मैदानमा आयोजना हुने थ्रि नेसन्स कप फुटबल प्रतियोगिताका लागि नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले मंगलबार २३ सदस्यीय टिम घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुनेछ।

मुख्य प्रशिक्षक एनीसले टोलीमा ७ नयाँ अनुहारको घोषणा गरेका हुन्। सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन्।

यी हुन् नेपाली टोली

गोलकिपरः किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेन्डरः सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान खड्का

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट , नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा, भरत खवास

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ,  दीपक सिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ, मनिष डाँगी

प्रकाशित मिति: : 2023-03-21 15:21:00

प्रतिकृया दिनुहोस्