बेरोजगारदेखि 'लोक सेवा' सम्मको यात्रा!

सेतोपाटी

रामबहादुर सिंखडा

फलामे ढोकाको रुपमा रहेको एसएलसी पार गर्नु कुनै समय गाउँ-समाजमा ठूलै प्रतिष्ठाको विषय हुन्थ्यो। एसएलसीको नतिजा ढिलोमा असारको दोश्रो हप्तासम्ममा हुने भएकोले जेठको अन्तिम सातादेखि नै बिहान ७ बजेको रेडियो नेपालको समाचार सुन्नु मेरो दैनिकीजस्तै थियो।

असार १५ नजिकिँदै आएकोले रोपाइँको तारताम्य हुँदैथियो। कामको चटारोले बिहान ५ बजेदेखि नै जोतिनु पर्दा नतिजा निस्कने दिनको दैनिकी नै छुटेछ। एसएलसीको नतिजा ननिस्किउन्जेलसम्म मुटुमा धड्कनका ग्राफहरू वर्षाको भेलजस्तै तल-माथि उर्लिरहेका आभास हुन्थ्यो।

एकजना छिमेकी मेरो अगाडि उभिएर त्यसै दिन प्रकाशित एसएलसीको नतिजा सम्बन्धी रेडियो नेपालको समाचार सुनाउँदै भने- ‘अग्रिम बधाई।’

प्रकाशित मिति: : 2023-03-22 06:41:00

प्रतिकृया दिनुहोस्