पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियाेगिता हुन लागेकाे मुलपानी क्रिकेट रंगशालाकाे तयारी कसरी हुँदैछ ?

आगामी वैशाख ५ गतेदेखि १८ गतेसम्म नेपालमा एसीसी प्रिमियर कप हुँदैछ। निर्माण सुरु भएकाे करिब १२ वर्षपछि काठमाडाैँकाे मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासमेत प्रतियाेगिताका खेलहरु हुँदैछन्। त्यसकाे लागि अहिले मुलपानी रंगशालामा तयारीकाे चटाराे छ।

नेपालले विगतदेखि नै अन्तर्राष्ट्रियस्तरका प्रतियाेगिताहरुकाे आयाेजना गर्दै आए पनि यसपटक भने इतिहासमै पहिलाे पटक आफ्नै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियाेगिता गर्ने तयारी गरेकाे छ। काठमाडाैँकाे कागेश्वरी मनाेहरा- ६ स्थित मुलपानीमा निर्माणाधीन मुलपानी रंगशालाका दुई मध्ये माथिल्लाे रंगशालामा एसीसी कप केही खेलहरु खेलाइने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएकाे छ।

क्यानले बिहीबार सार्वजानिक गरेको एसीसी खेल तालिकाअनुसार मुलपानी क्रिकेट रंगशालामा १० खेलहरु हुँदैछन, जसमध्ये एउटा प्रतियाेगिता घरेलु टाेली नेपालले पनि खेल्नेछ। आफ्नै अन्तर्राष्ट्रिय मैदानमा प्रतिस्पर्धा गर्नु नेपालकाे लागि याे पहिलाे अवसर हाे। नेपालले आगामी वैशाख ११ गते मुलपानी क्रिकेट रंगशालामा साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ।

कसरी हुँदैछ मैदानकाे तयारी ?

करिब ५ सय २५ वर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएकाे मुलपानीकाे माथिल्लाे क्रिकेट मैदानकाे अहिले अन्तिम तयारी भइरहेकाे छ। रंगशाला पूर्ण रुपमा निर्माध नभए पनि वैशाखकाे खेलकाे लागि अहिले यहाँ धमाधम तयारी भइरहेकाे छ।

एसीसीकाे खेल तालिका सार्वजनिक भएसँगै यतिबेला मैदानभित्र दुबो उमार्नेदेखि मैदान वरपरकाे फाेहाेर व्यवस्थापन गर्नेसम्मका कामहरुसमेत भइरहेका छन्। भने, पानीकाे राम्राे व्यवस्था गरेर मैदानलाई सहज बनाउनेलगायतका कामहरुसमेत भइरहेका छन्। जहाँ, क्यानका पदाधिकारीहरुले दिनहुँ अनुगमन गरिरहेका छन्।

अहिले भर्खर पिच निर्माणकाे काम भइरहेकाे मुलपानीकाे माथिल्लाे मैदानकाे काम वैशाख भित्र सकिने क्युटर प्रफुल्ला सागर प्रधानले बताए।

तत्कालकाे लागि उक्त मैदानमा अन्तर्राष्ट्रिय प्रतियाेगिता गर्न लागिएकाे भएता पनि साे मैदान स-साना प्रतियाेगिताकाे लागि बनाइएकाे उनले बताए। ‘यो मैदान स-साना प्रतियाेगिताकाे लागि बनाइएकाे हाे। यहाँ विशेष त क्रिकेट प्रशिक्षण गर्न सहज हुन्छ, याे अन्तर्राष्ट्रिय खेलकाे लागि बनाइएकाे हाेइन। तर, अर्काे मैदान तयार नभएकाेले अहिले यसमै खेलाउनु परेकाे हाे,’ प्रधानले बिएल नेपाली सेवासँग भने।

त्यस्तै ठाउँ अभावका कारण समर्थकहरुलाई बस्नकाे लागि समस्या हुन सक्ने उनकाे भनाइ छ। यद्यपि, क्यानले भने कीर्तिपुरकाे त्रिवि मैदानमा भन्दा यहाँ बढी मानिस अट्ने दाबी गरिरहेकाे छ। यसरी मैदान पूर्ण रुपमा निर्णमा नभएकाेले यहाँ खेल खेलाउनु चुनाैतिपूर्ण रहेकाे छ।

त्यस्तै टेष्ट म्याचकाे लागि पिच निर्माणकाे काममा बंगलादेश क्रिकेट बाेर्डले पनि सहकार्य गरिरहेकाे क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

प्रकाशित मिति: : 2023-03-25 13:30:00

प्रतिकृया दिनुहोस्