मध्यरातमा चित्रनगरमा बन्ने चिउराको कथा

पहिलोपोष्ट

काठमाडौं

मध्यरात भएपछि भक्तपुर सूर्य विनायक नगरपालिकामा पर्ने चित्रनगरको एक कारखानामा चहलपहल सुरु हुन्छ। ५/६ जना महिला र पुरुषहरू आफ्नो काममा लाग्छन्। केही महिला दिनभर सेलाएर राखिएको भट्टीमा आगो सल्काउन थाल्छन्। कोही भिजाएको धानको पानी थिग्राउन थाल्छन्। केही समय अगाडि शान्त रहेको कारखानामा एकाएक मिलको ट्क ट्क…..आवाज गुञ्जिन थाल्छ।

चित्रनगरमा कमल कायस्थ र उनका भाइले संचालन गरेको कारखाना परम्परागत रुपमा (केही परिष्कृत) चिउरा बनाउने प्रक्रिया सुरु हुन्छ। यहाँ 'लोकल' धान 'ताइचन'बाट परम्परागत रुपमा चिउरा बनाइन्छ। तर अहिले परम्परागत चिउरा मिलमा भने केही परिवर्तन गरिएको कमल बताउँछन्।

७२ घण्टासम्म ताइचन धानलाई पानीमा भिजाइन्छ। जसको लागि कारखानाभित्र चार वटा सिमेन्टले ढलान गरेर भिजाउने ठाउँ बनाइएको छ। ७२ घण्टापछि त्यही धानको पानी थिग्राएर चिउरा बनाउने काम सुरु हुन्छ। भक्तपुरमा अहिले यसरी चिउरा बनाउने मिल लोभ हुँदै गएको छ। चित्रनगरमा भने दुई/ चार वटा यस्ता मिल भएको कमल बताउँछन्।

प्रकाशित मिति: : 2023-03-26 09:38:00

प्रतिकृया दिनुहोस्