बालेन साह किसान र मजदुर विरोधी व्यक्ति हुन्: सुर्जन तिवारी (भिडियोसहित)

फाइल तस्बिर: सुर्जन तिवारी (अगाडि), बालेन साह (पछाडि)

महोत्तरीको बर्दिवासबाट १२ दिन पैदल हिँडेर मिटरव्याज पीडितहरू काठमाडौँ आए। उनीहरू मंगलबार काठमाडौँमा आएर धर्ना दिइरहेका छन्। साथै सरकारसँग पनि वर्ता गरिरहेका छन्।

यसअघि मिटरव्याज पीडितहरूले चैत्र १३ गते काठमाडौं आएर खुल्लामञ्चमा बस्ने योजना बनाएका थिए। तर, त्यहाँ काठमाडौं महानगरले उनीहरूलाई बस्न दिएन। उक्त रात पीडितहरूले खुल्लामञ्च अगाडि सडकमै रात बिताए।

आज हामीले मिटरव्याज पीडितको आन्दोलनलाई सहयोग गर्दै आएका सुर्जन तिवारीसँग काठमाडौं महानगरका प्रमुख बालेन साहले खुल्लामञ्चमा प्रवेश गर्न नदिएकोप्रति पीडितहरूको भनाइ के छ? सँगै यो आन्दोलनको समग्र विषयसँग रहेर कुराकानी गरेका छौँ:


काठमाडौं महानगरले मिटरव्याज पीडितलाई खुल्लामञ्चमा प्रवेश गर्न दिएन। त्यसलाई कसरी लिनुभएको छ?

काठमाडौं महानगरका मेयर बालेन साहले हामीलाई रोक्नुकाेपछि उनले यिनीहरू भूमिहीन हुन् र काठमाडौंको खुल्लामञ्च कब्जा गर्न आएका हुन् भन्ने खालको रिपाेर्टिङ भएकाले यस्तो भएको अनुमान गर्न सकिन्छ।

किनभने, उनले सामाजिक सञ्जालमा राखेको स्टाटस्लाई बुझ्दा यस्तो देखिन्छ। खुल्लामञ्च कब्जा गर्न आएका यो देशका भूमिहीन सुकुम्बासी गरीब हुन्, यिनीहरूलाई भित्र पस्न दिनुहुन्न भन्ने रूपमा उनले यस्तो प्रक्रिया चालेका हुन्। उनको सोच्ने शैली किसान, मजदुर विरोधी छ।

सरकारसँग मिटरव्याज पीडितहरूको माग के हुन?

हाम्रो आन्दोलन यो देशका किसान, मजदुरहरूले मिटरव्याजी साहुहरूबाट इलिगल (कानुनविपरीत) पैसा लिन बाध्य भएका छन् र राज्य जनताप्रति बफादार नभएकाले जनता सुदखोरसँग पैसा लिन बाध्य भएकाले यो समस्या आएको हो। हामीले भनेको के हो भने यो समस्याको तात्कालीन र दीर्घकालीन रूपमा समाधान हुनुपर्छ।

तत्कालीन र दीर्घकालीन भनेको को हो भने, मिटरव्याजी आर्थिक अपराध भनेर सामाजिक रूपमा यसलाई स्वीकारिएकाे अवस्था छ। यस समस्याका कारणहरू भनेको पनि हामीले प्रष्ट बुझ्न सक्छौँ। जुन मधेशमा रहेको दाइजो प्रथा, विदेशमा युवालाई बेच्ने राज्य सत्ता, उच्च शिक्षका लागि देशको शिक्षा प्रणाली, देशमै निजी र सरकारी गरी छुट्याइएको शिक्षा प्रणाली र सोझा किसानलाई यो मिटरव्याजले फसाएको छ।


ज्ञानेन्द्र शाहीले आन्दोलनको आगोमा आफ्नो रोटी सेक्न खोजेपछि लखेटेका हौं: थोमन


मुख्य समस्याहरू त यी भए। अरू पनि छन्। हामीसँग समस्याको समाधान पनि छ। समस्या समाधान गर्ने उपाय के त भन्दा मिटरव्याज पीडितहरू दुई खालका छन्। जुन जमिन भएका र जमिन नभएका (भूमिहीन) किसान छन्। भूमि भएका किसानहरूलाई यो देशको अर्थतन्त्रमा रहेर राज्यले ध्यान दिनुपर्छ। जसका लागि किसानले उत्पादन कसरी गर्ने र व्यापार कसरी हुन्छ भन्नेमा राज्यले ध्यान दिन आश्यक छ। तिनीहरूको चौतर्फि कृषि विकासमा बैंकले किसानलाई कसरी सहयोग गर्छ भन्ने खाका कायम गर्नुपर्ने आवश्यक छ।

अर्को यो देशको मजदुर किसान छन्, उनीहरूलाई ऋण दिएर हुने कुरा भएन। व्यापारा गर्छु भन्नेलाई पनि ऋण दिएर भएन। यो पूँजीवादी समाजमा व्यापार गर्ने १०० जनामध्ये १० जना मात्र सफल हुन्छन् अरू सबै व्यापारमा घाटा खान्छन्।

त्यसैले राज्यले जनतालाई रोजगार दिनुपर्छ। भनेको, मजदुरलाई ऋण होइन रोजगार दिनुपर्‍यो। किसानले फलाएको फलको बजार दिनुपर्छ।

सरकारसँग वार्ता सफल नभए आन्दोलन कहिलेसम्म चल्छ?

हामीले बर्दिवासबाट आन्दोल सुरू गर्दा सरकारालाई हामीले भनेका थियौँ, जबसम्म न्याय पाउँदैनौँ तबसम्म काठमाडाैँबाट फर्किदैनौँ। त्यसैले हामीले सरकारले हाम्रा माग पूरा नगरेसम्म यो आन्दोलन जारी रहन्छ।

भिडियाे:

प्रकाशित मिति: : 2023-03-31 20:55:00

प्रतिकृया दिनुहोस्