नेपाल अमेरिका व्यापार पर्वद्धन

राजधानी दैनिक

डा.सुमनकुमार रेग्मी

नेपालले अमेरिकासँग व्यापार तथा लगानी सम्झौता (टिफा) गरिसकेको छ । यस सम्झौतापछि दुई देशबीच, स्वतन्त्र व्यापारतर्फ भविष्यमा उन्मुख भएको छ । नेपाल र अमेरिकाबीचको व्यापार तथा लगानी सम्झौता अर्थात् टिफा परिषद्को पाँचौं बैठक २०७७ मंसिरमा भएको थियो । यस बैठकमा आठ विषयमा छलफल भएका थिए । यी विषयमा भन्सार मूल्यांकन, टीए, आईपी, बजार पहुँच, टीबीटी, श्रमिक, नेपालमा लगानी तथा विश्वमा नेपाली उद्योगको अवस्था र लगानी नीति थिए ।

नेपालको हितमा हँुदै गरिएका विषयले नेपालको व्यापार तथा वाणिज्य स्थिति’bout छलफल भई नेपाली उद्योगलाई विश्व बजारमा पु¥याउने उद्देश्य रहँदै आएको छ । चौथो टिफा बैठकमा उठाइएका विषय कार्यान्वयन गर्ने सम्बन्धमा पनि पाँचौं बैठकमा छलफल भएको थियो । चौथो बैठकमा नेपालले अमेरिकी सरकारबाट शून्य भन्सार सुविधा प्राप्त गरेका ७७ वटा वस्तुको निकासी प्रवद्र्धन, बाह्यस्तरमा मान्यताप्राप्त प्रयोगशाला, बौद्धिक सम्पत्ति संरक्षण तथा कर्मचारीको क्षमता विकासमा अमेरिकी सहयोग कार्यान्वयनकोे विषयमा पनि छलफल हुँदै आएको छ ।

प्रकाशित मिति: : 2023-03-31 07:26:00

प्रतिकृया दिनुहोस्