रवि लामिछानेविरुद्ध के राहदानी मुद्दा उल्टिन सक्छ

बिबिसी

काठमाडाैँ

राहदानी दुरुपयोगसम्बन्धी मामिलामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको उक्त अदालतका प्रवक्ताले बताएका छन्।

युवराज पौडेलले आइतवार अदालतमा पेस गरेको रिट निवेदन सोमवार दर्ता भएको हो।

“उक्त विषयमा आज रिट निवेदन दर्ता भएको छ,” सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बीबीसीसँग भने।

उक्त रिट निवेदन सुनुवाइका लागि मङ्गलवार पहिलो पेसी तोकिएको बताइएको छ।

प्रकाशित मिति: : 2023-04-03 16:43:00

प्रतिकृया दिनुहोस्