सुन्दरीकाे नग्न तस्विरलाई चुनाैती दिन आफैं नाङ्गिँदा पूर्वमन्त्रीलाई आइलाग्याे आपत्

फाेटाेसफ गरिएकाे तस्बिर
फाेटाेसफ गरिएकाे तस्बिर

पूर्व खानेपानी मन्त्री एवम् सिके राउत नेतृत्वकाे जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान बुधबार करिब ४ बजेतिर हस्याङफस्याङ गर्दै भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा पुगे।

भारतीय सुन्दरीको चक्करमा पस्दा पूर्व मन्त्री खानलाई बसिखानु भएन। कतिबेला आफ्नो इज्जतको धज्जी उड्ने हो भन्दै केही दिनदेखि त्रासै-त्रासमा थिए, उनी।

पूर्व मन्त्री खानले जब साइबर ब्युरोका अधिकारीलाई भेटेर आफ्नो पीडा सुनाए, प्रहरीले धैर्यतापूर्वक सुनिदिएपछि उनले क्षणिक राहत महसुस गरे।

पूर्व मन्त्रीनिकट स्रोतकाअनुसार मन्त्री खानले केही समयअघि सामाजिक सञ्जालमार्फत् एक भारतीय सुन्दरी भेटेका थिए। सामाजिक सञ्जालमै ती युवतीसँग मन्त्री खानले कुराकानी गर्न थाले। उनीहरुको कुराकानी बाक्लिदै गएकाे थियाे। उनीहरुबीच याैनका कुरा हुन थाले, त्यसपछि युवतीले मन्त्री खानलाई ह्वाटस्यापमा आउन आग्रह गरिन्।

मन्त्री खान पनि दंग पर्दै भारतीय सुन्दरीले भनेझै ह्वाटस्यापमा जोडिए। त्यसपछि भारतीय सुन्दरीले शरीरका लुगा खोल्न थालिन्। यता मन्त्री पनि के कम सुन्दरीलाई चुनौती दिँदै छिनभरमै नाङ्गिए। कुरा हुँदै गरेका बेला लाइन काटियो।

त्यसपछि ती सुन्दरी गायब भइन्। केही समयसम्म मन्त्रीले एकोहोरो फोन गरिरहे। त्यसको केही समयमा मन्त्री खानलाई ती सुन्दरीले उनैको नग्न तस्विर पठाएर ‘यी क्याहे’ भन्दै युवक बोल्न थाले।

अनि मन्त्रीले थरथरी काम्दै फोन काटे। त्यसपछि उताबाट धारवाही रुपमा मन्त्री खानलाई उक्त नग्न तस्विर आफ्ना तथा अन्य सामाजिक सञ्जालमा फैलाइदिने भन्दै धम्की आउन थाल्याे। त्यसपछि तनावमा रहेका मन्त्रीले के चाहियो भन्दै वार्तालाप गर्न थाल्छन्। जब उताबाट करोडौंको डिमाण्ड आउँछ मन्त्रीलाई तनाव हुन्छ। त्यसपछि उनी बुधबार साइबर ब्युरो थिए।

स्रोतकाअनुसार पूर्व मन्त्री खान बुधबार आफैं ब्युरोमा पुगेर सामाजिक सञ्जालमार्फत् आफूलाई ठग्ने र चरित्र हत्या गर्ने प्रयास भएको भन्दै त्यस्ता व्यक्तिलाई कारबाही गर्न भन्दै निवेदन दिएका छन्।

भारतीय ठग गिरोहले युवतीलाई प्रयोग गरेर पूर्व मन्त्रीलाई ठग्न खोजेको हो। मन्त्री खानलाई जस्तै गरी यसअघि पनि भारतीय ठग गिरोहले नेपालका पत्रकार, वकिल, डाक्टरलगायत नाम चलेका व्यक्तिलाई समेत हैरान बनाएको थियो।

सुन्दरी युवतीलाई अघि सारेर ठग गिरोहले केहीको रकमसमेत असुल्न भ्याएको थियो। भने, कतिले ब्युरोलाई खबर गर्दा ठगीनबाट जोगिएका थिए।

प्रकाशित मिति: : 2023-04-05 21:08:00

प्रतिकृया दिनुहोस्