पूँजी बजारमा ‘सकम्बरी’को मोल

अनलाइनखबर

डा. डिजन भट्टराई

नयाँ वर्षको सुरुवातसँगै गायक प्रकाश सपूतको ‘सकम्बरी’ सार्वजनिक भयो । यस सिर्जनाका सम्बन्धमा विविध मान्छेका विविध प्रतिक्रिया सामाजिक सञ्जालमा असरल्ल छन् । यसमा विशेषतः महिलाको चरित्रलाई विद्रुपीकरण गरिएको भनेर आलोचना समेत छ भने म्युजिक भिडियोमा राखिएका संवादमा पुरुषले नै महिलालाई यस प्रकारको जीवन बाँच्नका लागि उत्प्रेरित गराएको प्रसंग छ ।

एकातर्फ महिलाले आफ्नो महत्वाकांक्षा परिपूर्र्तिका लागि जे पनि गर्छन् भनी नारी चरित्रलाई आरोपित गरिएको छ भने अर्काेतर्फ पुरुषले महिलालाई भोग्याको रूपमा हेर्ने दृष्टिकोणलाई पनि छरपस्ट रूपमा प्रस्तुत गरिएको छ । समग्रमा यस गीतका शब्द र दृश्यहरूले आजको नेपाली समाज मात्रै होइन, विश्वमा नै देखिएको आधुनिक, अझ भनौं उत्तरआधुनिक भनाउँदो मानवीय जीवनको एउटा सानो बिम्वलाई पस्केको छ ।

प्रकाशित मिति: : 2023-04-20 10:20:00

प्रतिकृया दिनुहोस्