किन मौन छन् सबै ?

प्रदेश नम्बर १ को नाम ‘कोसी’ हुनुहुँदैन, त्यसको सट्टा ‘किरात–सगरमाथा–कोसी’ वा ‘किरात’ अथवा…, हुनुपर्छ भनी असन्तुष्ट पक्ष आन्दोलन गरिरहेका छन् । विगतमा नेपाल धार्मिक रूपमा विवाद हँुदा वा भनौं नेपालमा हिन्दू धर्म मान्नेहरूको संख्या ८१ प्रतिशतभन्दा माथि हो त ? भनी बहस र छलफल गर्नेहरू सबैलाई ‘हिन्दू, बौद्ध र किरात एकै देख्ने लेखक, विचारक, विश्लेषक, इतिहासकार, धार्मिक नेता, प्राध्यापक, पत्रपत्रिका, पत्रकार, विज्ञ, प्राज्ञ आदि यसबेला सबै ‘तैं चुप, मै चुप’ छन् ।

हिजो अस्तिसम्म नेपाल धार्मिक रूपमा विवाद हँुदा उनीहरूले ‘हिन्दू, बौद्ध र किरात एकै हुन्, सबै सनातन धर्म मान्नेहरू हुन्, भनी वकालत गर्थे, लेख्थे, बोल्थे । यस्तो अवस्थामा त हिजो वकालत गर्ने, लेख्ने, बोल्नेहरूले केही न केही त लेख्नू नि !

प्रकाशित मिति: : 2023-04-21 09:11:00

प्रतिकृया दिनुहोस्