दबाबमा ओमान, सन्दीप एक्लैले लिए तीन विकेट

photo: CAN
photo: CAN

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गत काठमाडौँको त्रिवि मैदानमा जारी खेलमा नेपालविरुद्व जवाफी ब्याटिङ गरिरहेको ओमान दबाबमा परेको छ।

नेपालले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याइरहेको ओमानले २३ ओभरमा जम्मा ९९ रन बनाएको छ। उसले पाँच विकेट गुमाएकाे छ।

ओमानका काश्यप प्रजापतिले २५, जजिन्द्र सिंहले १५ र आर्यन खानले २९ रन बनाएर आउट भए।

ओमानविरुद्व नेपालका सन्दीप लामिछानेले एक्ल्लै तीन विकेट लिएका छन्। उनले ओमानविरुद्व विकेट लिएर ओडिआईमा सबैभन्दा छिटो एक सय विकेट लिने विश्व कीर्तिमान कायम गरे।

त्यसैगरी नेपालका ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका छन्।

जितकाे लागि ओमानले १ सय ५६ बलमा २ सय १२ रन ल्याउन आवश्यक छ।

प्रकाशित मिति: : 2023-04-21 15:00:00

प्रतिकृया दिनुहोस्