कवि मिमबहादुर परियारको पहिलो कृति कवितासंग्रह ‘कर्नाली हाँस्दो छ’ सार्वजनिक भएको छ। सो कृति मातातीर्थ औंशी (आमाको मुख हेर्ने दिन)को अवसर पारेर बिहीबार विमोचन गरिएको हो।
‘समता फाउन्डेसन’को प्रकाशन समता बुक्सले कवितासंग्रह प्रकाशन गरेको हो। कविता संग्रहभित्र ३५ प्रगतिशील धारका कविता समावेश गरिएको छ।
कवि परियारकाअनुसार ‘कर्नाली हाँस्दो छ’ दलितको आवाज हो। कर्नालीको आवाज हो र विद्रोहीको आवाज हो। समग्रमा ‘कर्नाली हाँस्दो छ’ दलित आन्दोलनको एक हिस्सा पनि हो।
कविता संग्रहभित्र जातीय छुवाछूतविरुद्ध लेखिएका कविता अधिकांश छन भने केही कविता कर्नालीका पीडा सम्भावना र कालापहाड, वैदेशिक रोजगारीका दुखलाई चित्रण गरिएको छ।