उपेन्द्र सुब्बा निर्देशित सिनेमा ‘जारी’ दोस्रो सातामा प्रवेश गरेको छ।
पहिलो हप्ता बक्सअफिसमा बम्पर व्यापार गरेको सिनेमाले दोस्रो हप्तामा पनि लोभालग्दो अकर्षण देखाईरहेको छ। प्रदर्शनमा आएको दोस्रो शुक्रबार पनि हलमा ‘जारी’ हेर्ने दर्शकको चाप उस्तै रहेको दमकको पाथिभरा चित्र मन्दिरका सञ्चालक तथा चलचित्र बितरक चैतन्य बरालले बताए। चलचित्र हेर्न कहिलै हलमा आईनपुगेका दर्शकहरु पनि अहिले हलमा आईरहेको बताए।
यस अघि अधिकांश चलचित्रका दर्शकहरु युवापुस्ता धेरै हुने भए पनि जारी हेर्न आउने दर्शक कुनै एउटा उमेर समुहको मात्रै नभएको बताए।परिवारनै चलचित्र हेर्न आईरहेको बरालले बताए। दोस्रो साता हुँदा पनि चलचित्र दैनिक चार शो प्रदर्शन भैरहेको भन्दै उनले कोशी प्रदेशका अधिकांश हलहरुमा दर्शकको चाप उत्तिकै रहेको बताए।
दैनिक नयाँ नयाँ दर्शकहरु हलमा आईरहेको बरालले बताए। जारी प्रथामा आधारित रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बिजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ।
यो चलचित्रमा सबै कलाकारर्हरु उत्कृस्त्त छ। यो बिसय बस्तुनै एक्दम माउलिक छ। यो प्रथा हजारौ बर्स अघि नै थियो। तेस्तै गरि सति प्रथा पनि थियो। धन्य छ उपेन्द्र जी लाई यो माउलिक बिसय बस्तु ल्याउनु भयो जो पुर्बी नेपालको सभ्याता, सन्सकार, सन्स्कृती सङ्ग गासियेको छ। तेसैलाई अहिलेको केन्द्ॠ र प्रादेसिक सर्कार्ले हेलेना खेलवाद गरिरहेको छ।