जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताले बिहानैदेखि बुथ कब्जा गरेको गुनासो गरेका छन्। जसपाका कार्यकर्ताले बेलदारी र झिटेकैया बुथमा आफूहरुलाई छिर्न नदिएर कब्जा गरेको उनले बताए।
‘बिहानैदेखि बेलदारी बुथमा कब्जा भएको अवस्था छ। त्यहाँ हाम्रो बुथ एजेन्सीलाई छिर्न दिएको अवस्था छैन। त्यहाँ जसपाका कार्यकर्ताहरुले काट्दिन्छु भनेको थिए। त्यहाँ बुथ भित्रै छिर्न दिइएको छैन,’ राउतले भने।
उनले बेलदारी क्षेत्रमा तीन/चार दिनदेखि नै आफूहरुलाई चुनावी प्रचारप्रसारसमेत गर्न नदिएको उनले बताए।
त्यसैगरी झिट्कैया बुथमा पनि कब्जा हुने अवस्थामा रहेको उनले बताए। ‘त्यहाँ हिजो पनि सर्वदलीय बैठकले अरुको नामबाट पनि भोट हाल्न सकिने गरी जबरजस्ति माइन्युट गराएको छ। त्यो पनि बुथ कब्जा गर्ने योजना हो,’ उनले भने।
यो कुरा प्रहरीलाई पटक–पटक जानकारी गराउँदा पनि प्रहरीले सुरक्षा दिन नसकेको उनले बताए। उनले राज्यले नै चुनावमा धाँधली गर्न खोजेको आरोप लगाए।
भिडियो: