बंगलादेश जाँदै परराष्ट्रमन्त्री

file photo
file photo

परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ सहभागी हुन आज बंगलादेश जाँदै छन्।

‘हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने’ मूल कार्यपत्रमा छलफल गर्न आयोजना गरिने सम्मेलनमा सहभागी हुन मन्त्री साउद बिहान ११ बजे ढाका प्रस्थान गर्ने भएका हुन्।

भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा हुने सम्मेलन दुई दिनसम्म चल्नेछ।

त्यस अवधिमा परराष्ट्रमन्त्री साउदले भारतीय विदेशमन्त्री एस.जयशंकर र बंगलादेशी राष्ट्रपति शेख हसिनासँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको उनको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: : 2023-05-12 10:29:00

प्रतिकृया दिनुहोस्