एमालेको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ८ बजे बस्नेगरी स्थायी कमिटीको बैठक बोलाइएको हाे।

गत बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा गैर–भौगोलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेस गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको छ।

आज बस्ने बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शङ्कर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2023-05-13 07:16:00

प्रतिकृया दिनुहोस्